१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी गरेका छन्

अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी गरेका छन्

४ श्रावण २०७८, सोमबार १५:१५ No Comments
46
SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकार कवाडीका सामान बटुलेर बनाएको टालटुले सरकार भएको टिप्पणी गरेका छन्।च्यासलमा आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइलकबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली कति राम्री पुतली भन्ने खालको सरकार भएको टिप्पणी गरेका हुन्।

हामीले १० बुँदे सहमति स्वीकार गरेका थियौँ। माधव नेपालले मानेनन्। हिजोसम्म बैठकमा आउन आह्वान गरेका थियौँ तर आएनन्। कोटेश्वर घरै पुगेका कार्यदलका सदस्यहरुलाई अल्पमतको बैठकमा म जान्न भनेर पठाएछन्। भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौँ, पार्टी एकतावद्ध बनाउ भन्दा म विधि निर्णय मान्दिनँ, एक्लै भएपनि मत हाल्छु भनेर हप्काएर पठाएछन्’ ओलीले भने।

बैठकमा ओलीले नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरुलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने निर्णय बैठकले गरेको हो।

बैठकले गल्ती स्वीकार गरेर आउनेहरुलाई अन्तिम अवसर दिने निर्णय पनि गरेको छ। साथै बैठकले कार्यदलको १० बुँदे समझदारीलाई अनुमोदन समेत गरेको छ।

सरकारले जनविरोधी काम गर्ने र आफूहरूमाथि षड्यन्त्र र हमला हुन सक्ने अनुमान गरेको उनले बताएका थिए। उनले आवश्यकताअनुसार सबै विषयमा प्रतिवाद गर्न तयार रहन केन्द्रीय कमिटीका नेताहरूलाई निर्देशनसमेत दिएका थिए।

भीम रावलले सांसद पदबाट दिएको राजीनामाप्रति असन्तुष्ट देखिएका उनले त्यसलाई पुनर्विचार गर्न भनेका थिए। बैठकमा उनी कांग्रेस, माओवादी र माधव नेपालप्रति आक्रोशित बनेका थिए। आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।  यस्तै, बैठकले कार्यदलको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ।
 

Post navigation

एमालेको केन्‍द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution