नबिल बैकले शेयर किनबेच गर्ने उद्देश्य राखेर नयाँ कम्पनी दर्ता गरेको छ। उसले सोमबार मात्रै कम्पनी रजिष्ट्रार कार्यालयबाट कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। सोमबार कम्पनीले “नबिल सेक्युरुटिज “को नाममा कम्पनी दर्ता भएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ।
उसले कम्पनी दर्ताको रजिस्ट्रेसन नम्बर २६४८७० मार्फत दर्ता प्रमाणपत्र पाएको कार्यालयले जनाएको छ। नबिलले शेयर किनबेच गर्ने,स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाई छ।