
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
थापालाई भेट्न विप्लव शुक्रबार बिहान उनकाे निवास बूढानीलकण्ठ पुगेका हुन्। भेट वार्तामा नेकपा र राप्रपाका अन्य नेताहरु पनि सहभागी थिए।
‘नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र सो पार्टीका नेता तथा राप्रपाका नेताहरुबीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षकाबीच समसामयिक विषयमा विचार विमर्श भयो’, बैठकबारे जानकारी दिँदै अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्।
उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको पनि बताएका छन्।
यसअघि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरु केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराइ लगायतसँग भेटवार्ता गरेका थिए।