काठमाडौं: अफगानिस्तानले देशभर कर्फ्यू लागू गरिदिएको छ। तालिबान लडाकुहरु शहर कब्जा गर्न अगाडि बढ्न थालेपछि देशभर आपतकालीन अवस्थाको घोषणा गरिएको हो।
तालिबानी लडाकुको आक्रामकतालाई रोक्न यतिबेला अफगानिस्तानले देशभर सेना परिचालन गरेको छ। सरकारले तालिबानलाई शहरमा पस्न नदिने बताएको छ।
बीबीसीका अनुसार काबुलसहित तीन प्रान्तमा बाहेक अन्य सबै प्रान्तहरुमा राति १० बजेदेखि बिहान चार बजेसम्म कुनै पनि किसिमको आवगमनलाई अनुमति दिइएको छैन।
पछिल्लो दुई महिनामा जब अमेरिका लगायत नेटोमा आवद्ध सेनाहरु अफगानिस्तान छाडेर देश फर्किरहेका छन् तबबाट तालिबानले हिंसा मच्चाउन सुरुवात गरेको हो।
यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध कारवाही गर्दै विभिन्न क्षेत्र आफ्नो नियन्त्रणमा लिन थालेको छ।