१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सार्वजनिक यातायात क्षेत्रलाई पुनर्कर्जाको व्यवस्था गर्न माग: यातायात व्यवसायी

सार्वजनिक यातायात क्षेत्रलाई पुनर्कर्जाको व्यवस्था गर्न माग: यातायात व्यवसायी

११ श्रावण २०७८, सोमबार ०९:४२ No Comments
यातायात व्यवसायी सार्वजनिक यातायात
8
SHARES

काठमाडौं: यातायात व्यवसायीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित सार्वजनिक यातायात क्षेत्रलाई पुनर्कर्जाको व्यवस्था गर्न माग गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड–१९ बाट सार्वजनिक यातायात क्षेत्र जर्जर भएकाले बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै राष्ट्र बैंकद्वारा जारी हुने मौद्रिक नीतिमा यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरण सहित ब्याजमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने माग राखेको छ।

महासंघका केन्द्रीय महासचिव भरत नेपालले कोभिड–१९ ले सार्वजनिक यातायात चरम संकटमा परेकाले व्यवसायीको समस्या मौद्रिक नीतिमार्फ सम्बोधन गर्नुपर्ने बताए।

यातायात क्षेत्रका मजदुर र कर्मचारीलाई तत्कालै कोभिड १९ विरुद्धको खोप व्यवस्थापन गर्न पनि उनीहरूले भाग गरे।

महासंघले सार्वजनिक यातायातको भाडा ९ वर्षदेखि समायोजन नभएको भन्दै स्थानीय तथा प्रदेशस्तरीय भाडा समायोजन गर्नुपर्ने माग गरेका छन्।

महासंघले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गरिएको सवारी नवीकरण सम्बन्धी कर, राजस्व छुट दिने व्यवस्था कार्यान्वयनको लागि सम्बन्धित निकायमा तत्कालै परिपत्र गर्न आग्रह गरेका छन्।

व्यवसायीले बन्दाबन्दी र निषेधाज्ञाका कारण यातायात सञ्चालन नभएको अवधिको बिमा पूर्ण समायोजन हुनुपर्नेमा बिमा कम्पनीहरूले आफूखूसी समय अवधि कायम गरेकाले बिमा समितिको मोटर बिमा निर्देशिका बमोजिम समयसापेक्ष नीति ल्याउनुपर्ने माग गरेका छन्।

Post navigation

नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घट्यो
निर्मला पन्तको हत्यारा शीघ्र पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

सम्बन्धित लेख

राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता

११ आश्विन २०८०, बिहीबार १३:०८ No Comments

अधिकारीको नियुक्तिपछि नेपाल बैंकले थप उचाइ लिने विश्वास

११ आश्विन २०८०, बिहीबार १२:१५ No Comments

झुटा अफवाहको पछि नलाग्न देउराली सहकारीको अनुरोध

९ आश्विन २०८०, मंगलवार २०:२६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution