
सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो।
आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले जानकारी दियो। केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।