-वरिष्ठ संचारकर्मी प्रवीण जोशी
काठमाडौं: पर्व समय सुधार राष्ट्रिय समाज नेपालले काठमाडौँ स्थित भद्रकाली मन्दिर परिसरमा शुभमुहूर्त नामक मुखपत्र प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यमा त्यहाँ उपस्थित हुनुभएका सर्वसाधारणको हात बाट शुभमुहूर्त बिमोचन भएको थियो ।
हेर्दा भिन्न खालको शैली अपनाई बिमोचन भएको कार्यक्रममा प्राज्ञ निवर्तमान नेपाल पंचाग निर्णायक समितिका सदस्य पन्तले ज्योतिषशास्त्रलाई वेदको आँखा मानिन्छ । त्यहि आँखा अहिले बिग्रिएको अवस्था छ ।
सो सम्बन्धमा आफू समिलित पर्व सुधार राष्ट्रिय कर्यदलको प्रतिवेदनमा पनि उल्लेख गरिएको र आफू नेपाल पंचाग निर्णायक समितिको सदस्य हुँदा खेरी पुर्णिमाको क्षेत्रको आधारमा ३० अंश सुधार गरी पात्रो निर्माण गरी सर्वसाधारण लाई जानकारी दिने हिसावले पाँच वर्ष सम्म दुईथरी पात्रो निकाल्ने काम हालसम्म नभएकोमा खेद व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्नुहुदै प्रा.डा. उतम कृष्ण कर्माचार्यज्युले पर्व सुधारको बिषयमा आफुले सुन्ने , जान्ने र अभियानमा हिड्न पाउँदा गौरबान्दित भएको धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सह-प्राध्यापक जयन्त आचार्यज्युले पर्व सुधार भनेको अनिवार्य बिषय हो । यो कार्यन्वयन भएन भने सिद्दान्त ज्योतिषबाट सिर्जना भएका धर्मशास्त्रको शव्दहरु अहिले नमिल्ने भएकालाई शुद्धीकरणनै पर्व सुधार अभियान हो ।
राष्ट्रिय कार्यन्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लज्यु आठौ सावारनी मन्मंतरको शिर्षक राखेर मुखपत्र निक्लेको ज्योतिष क्षेत्रमा पहिलो पटक मुखपत्र प्रकाशन भएको देखिन्छ । यो धार्मिक पद्दतिले हाम्रा पूर्वजले राखेको मन्मंतर पद्दतिले पर्व सुधार अभियानलाई मद्दत पुग्नेछ भन्ने विस्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सभाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेज्युले पर्व सुधार अभियानमा लाग्नपाउनु गौरवको विषय हो । यस समाजको मुख्य उद्देश्य भन्नु नै नेपाल सरकारले २०६५|९|१६ मा गरेको निर्णयलाई कार्यान्वयन गर्नु रहेको बताउनु भयो ।
कार्यक्रमको महासचिव बलराम श्रेष्ठले बि.स. २०७९ देखि नै पर्व समय सुधारिएको पात्रो प्रकाशन गर्ने लक्ष्य सहित केहिदिन भित्रमा पंचाग निर्माण समिति गठनगरी कार्य अगाडी बढाउने बारे जानकारी दिनुभयो |