१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध हिउँदे अधिवेशन अन्त्य

मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध हिउँदे अधिवेशन अन्त्य

५ बैशाख २०७८, आईतवार १४:५१ No Comments

प्रतिपक्षी दलहरूले निरन्तर अवरोध जारी राखिरहेकै वेला प्रदेश १ सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै संसद् बैठक अवरोध गर्दै आएका प्रतिपक्षी दलका सांसदहरूले आइतबार दिउँसोको बैठकमा पनि अवरोध जारी राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । 

आइतबार दिउँसो साढे १ बजेतिर सुरु भएको प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि सभामुख भण्डारीले आफ्ना कुरा राख्न सांसदहरूलाई आग्रह गरेका थिए । तर, प्रतिपक्षी सांसदहरूले अवरोध कायमै राखेपछि जवाफ दिन सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई उपस्थित भएकोले बसेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । 

प्रतिपक्षी दलहरूले समझदारी नभई मुख्यमन्त्रीले सदनमा बोल्न लागेको भन्दै अवरोध कायमै राखेका थिए । त्यसपछि प्रदेश १ सभाको सातौँ तथा हिउँदे अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुखले पढेर सुनाएका हुन् । 

गत ७ माघमा सुरु भएको हिउँदे अधिवेशन विधेयक पारित नगरी अन्त्य भएको छ । प्रदेश १ मा प्रतिपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले मुख्यमन्त्री राई नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

बजेट निर्माण गर्ने समय आइसक्दा पनि चालू वर्ष विनियोजन भएका कार्यक्रमहरूका लागि रकम निकासा हुन नसकेको, प्रदेश गौरवका आयोजनाहरू पनि रकम अभावमा अलपत्र परेको, सरकारले योजना र कार्यक्रमको वितरण, कर्मचारी सरुवा, बजेट निर्माण र खर्चलगायतका काममा सुशासनमुखी भएर काम नगरेको, विकासको योजनाहरू अलपत्र बनाएको, बजेटमा उल्लेख भएका योजनाहरूको निकास अझै गराउन नसकेको आरोप प्रतिपक्षी सांसदहरूको छ ।

Post navigation

एमालेमा लागेका १३ सांसदको पद खाेसियाे
सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताए

सम्बन्धित लेख

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

११ आश्विन २०८०, बिहीबार ११:५० No Comments

विप्लव समूह डोल्पामा विद्रोह

२७ भाद्र २०८०, बुधबार ११:१८ No Comments

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

२६ भाद्र २०८०, मंगलवार १३:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution