
नेकपा एमाले नेपाल-खनाल समुहकाे भक्तपुर जिल्ला कमिटी गठन भएकाे छ ।
भक्तपुरकाे सुर्यविनायक रिसोर्टमा भएकाे कार्क्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद अष्टलक्ष्मी शाक्य हुनुहुन्थ्यो । नवगठित कमिटीलाई शुभकामना दिनुहुदै उहाँले प्र.म. के.पी.ओलीकाे तानाशाही प्रवृतिकाे विरुध्द एमालेका नयाँ युवाहरु अघिबढ्नु पर्दछ भन्नुभयाे । अर्का प्रदेश साँसद राजेन्द्रमान श्रेष्ठले एमाले व्यक्ति केन्द्रित हाेईन सामुहिकतामा विश्वास गर्ने पार्टी हाे भन्नुभयाे।
रँजन केसीकाे अध्यक्षतामा १०१ सदस्यीय भक्तपुर जिल्ला कमिटी गठन भयो । कमिटी काे उपाध्यक्षमा प्रेमानन्द श्रेष्ठ, सचिवमा श्याम बस्नेत लगायत रहनुभएकेा जानकारी प्राप्त भएको छ ।