काठमाडौं – काठमाडौंमा भोलि बिहिबार ६ वजेबाट एक हप्ता नषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्नेहरु बढेका छन् । अहिलेसम्म करिब ५ लाखले उपत्यका छोडेको प्रहरीले जनाएको छ ।
भोलिदेखि निषेधाज्ञा जारी हुने भएकोले आज अन्तिम दिन बिहानैदेखि गोँगवुस्थित नयाँ बसपार्क, कलंकी र कोटेश्वरमा बाहिर जाने यात्रुहरुको घुइँचो लागेको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको हो ।