
काठमाडौं :
कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकासहित देशको ठूला शहरहरूमा निषेधाज्ञा लागू भइसकेको छ। यस बेला राजनीतिक दलहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन्। उनीहरू स्वार्थ केन्द्रित लडाइँमा नै व्यस्त छन्। एकापसमा दोषारोपणमा नै समय बिताइरहेका छन्।
कोरोनाको पहिलो लहरमा पनि राजनीतिक दलहरूको भूमिका उल्लेख्य रहेको थिएन। दोस्रो लहर तीव्ररूपमा फैलिएपछि लगाइएको निषेधाज्ञाले सर्वसाधरणको जनजीवन अस्तव्यस्त बनिरहँदा राजनीतिक दलहरूले अझै गम्भीरताको साथ नलिएको टिकाटिप्पणी भइरहेका छन्। चुनावताका जनतालाई आश्वासनको पोका बाड्ने राजनीतिक दलले कोरोना रोकथानमा कुनै भूमिका नखेलेको सर्वसाधरणको गुनासो छ।
गत साल पनि कोरोना प्रकोपका बेला राजनीति दलहरू खिचातानीमा व्यस्त थिए।