१७ मंसिर २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • भारतबाट आएकालाई क्वारेन्टिन नहुँदा विनापरीक्षण सीधै घर

भारतबाट आएकालाई क्वारेन्टिन नहुँदा विनापरीक्षण सीधै घर

१४ बैशाख २०७८, मंगलवार १५:१६ No Comments

काठमान्डौ: १४ बैशाख । 

भारतमा कोरोना फैलिएपछि स्वदेश फर्किएका नेपाली विनापरीक्षण सीधै घर पुग्ने गरेका छन् । भारतबाट आएकालाई राख्ने क्वारेन्टिन नहुँदा उनीहरू सीधै गाउँघर पुग्ने गरेका हुन् । 

भारतमा कोरोना संक्रमण बढेपछि रोजगारी गुमाएर नेपाल आएका नेपाली गाउँमा आएर घरमा नै बस्ने गरेको सुर्खेत चौकुने गाउँपालिका– ५ का रामबहादुर विष्टले बताए । ‘कोरोना संक्रमित भए–नभएको थाहा छैन । तर, भारतबाट नेपाल आएकाहरू अहिले गाउँमा आएर घरमा नै बस्ने गरेका छन्,’ उनले भने, ‘क्वारेन्टिन र चेकजाँचको व्यवस्था नहुँदा समुदायमै कोरोना संक्रमण भयावह हुने जोखिम देखिएको छ ।’

सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले भारत तथा अन्य देशबाट आएका नागरिकलाई घरमा नै सुरक्षित तरिकाले बस्न भनिएको बताए । ‘अघिल्लोपटक हामीले क्वारेन्टिनमा राख्ने गरेका थियौँ । भारत तथा अन्य मुलुकबाट आएका नागरिक त्यहीँ बस्ने गरेका थिए,’ बस्नेतले नयाँ पत्रिकासँग भने, ‘यसपटक घरमा नै निश्चित समयसम्म घरमा नै सुरक्षित बस्न भनेका छौँ । बिरामी वा कोरोनाका लक्षण देखिएमा खबर गर्न आग्रह गरेका छौँ ।’ 

कर्णाली प्रदेश सरकारले बाहिरबाट आउनेलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई नै अपिल गरेको छ । तर, स्थानीय सरकारले क्वारेन्टिन र आइसोलेसन नबनाउँदा अवस्था जोखिमपूर्ण बनेको जिल्ला स्वास्थ्य कार्यालयका चेतनिधि वाग्लेले बताए । सुर्खेतमा पछिल्लो समय एक सय ९९ कोरोना संक्रमित पाइएकोमा एक सय ८४ होम आइसोलेसनमा छन् । १६ जना कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत रहेको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले जानकारी दिए । 

Post navigation

४५ सय २४ जनामा संक्रमण पुष्टि / १८ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघ कार्यालयको एक विज्ञ समूहले मानव अधिकार आयोगको नियुक्ति सच्याऊ

सम्बन्धित लेख

गौतम अडानी विश्वको २० औँ धनीको सूचीमा फर्किए

१५ मंसिर २०८०, शुक्रबार ०८:४३ No Comments

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

१ मंसिर २०८०, शुक्रबार ०८:१८ No Comments

फ्रान्सको सबैभन्दा सानो नगरपालिका, जहाँ बस्छिन् केवल एक महिला

२८ कार्तिक २०८०, मंगलवार ११:१८ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution