काठमान्डौ: १५, बैशाख ।
गत २४ घण्टामा नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १३ हजार ८ सय ७९ जनाको पीसीआर तथा ९ सय ५५ एन्टीजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा २ हजार ४७ जना संक्रमित भएका छन् । काठमाडौंमा १४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भएका छन् ।