काठमाडौं :
कोभिड संक्रमण फैलिरहेपछि यसको रोकथामका लागि भ्याक्सिन खरिद गर्न सरकार लागि परहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रुसमा बनेको खोप उपलब्ध गराउन रुसी सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।
नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन्। राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए। औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ।