
काठमाडाै २१ बैशाख
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो । बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।