१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

२२ बैशाख २०७८, बुधबार १६:१५ No Comments

काठमान्डौ: २२ बैशाख । 

दाङमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन्।

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घोराही–कमेरेचौर सडकखण्ड अन्तर्गत घोराही उपमहानगर ४ ओइरेनीमा बुधबार बिहान ७ बजेतिर रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कारपियो दुर्घटनामा परेको थियो।

शव घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले बताए। स्कारपियो सडकबाट तल खसेको थियो। गए राति दाङ र आसपासका जिल्लामा पानी परेको थियो। बाटो चिप्लो भएर वा खाली बाटोमा तीव्र रूपमा गाडी हाँक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

Post navigation

गृह मन्त्रालयले ७७ जिल्लामध्ये ५१ जिल्लामा निषेधाज्ञा लागू
८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु

सम्बन्धित लेख

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

१४ आश्विन २०८०, आईतवार ११:३० No Comments

‘सोराडी’ कृत मुक्तक संग्रह ‘रुपान्तरण’ बिमोचन

१४ आश्विन २०८०, आईतवार ११:१९ No Comments

गुरु लामा घ्याछो रिम्पोछे २२ देशको सल्लाहकारमा नियुक्त

१४ आश्विन २०८०, आईतवार ११:१६ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution