१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • सय बेडको अस्पताल र सय बेडकै आइसोलेसन सेन्टर सञ्चालन गर्दै बिरगन्ज महानगरपालिका

सय बेडको अस्पताल र सय बेडकै आइसोलेसन सेन्टर सञ्चालन गर्दै बिरगन्ज महानगरपालिका

२४ बैशाख २०७८, शुक्रबार १५:१५ No Comments

काठमान्डौ:२४ बैशाख । 

वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नगरवासीको जीवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्न लागेको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । ‘कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा आवश्यक तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘शुक्रबार रिबन काटेर उद्घाटन गर्छौं । अनि संक्रमित राख्न सुरु गर्छौं ।’

वीरगञ्ज घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा महानगरपालिकाले अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर तयार पारेको हो । अस्थायी कोभिड अस्पतालमा चिकित्सक, नर्स, पारामेडिकल स्टाफले कोभिड संक्रमितको उपचार र हेरचाह गर्नेछन् । त्यसका लागि विशेषज्ञ डाक्टर १ जना, मेडिकल डाक्टर २ जना, मेडिकल अफिसर ५ जना, पारामेडिकल स्टाफ २१ जना, सफाइकर्मी ८ जना, र प्रशासनिक कर्मचारी १० जना खटाइने महानगरपालिकाले जनाएको छ । अक्सिजन सहितको बेडको व्यवस्था गरिएको छ । होम आइसोलेसनमा अक्सिजनमा रहेका विरामी पनि अस्थायी कोभिड अस्पतालमा भर्ना हुन सक्ने महानगरले जनाएको छ ।

कोभिड अस्पतालमा भर्ना भएका संक्रमितलाई अक्सिजन, औषधि र खाजा, खानासमेत महानगरले निःशुल्क उपलब्ध गराउनेछ।

महानगरले पनि स्वाब संकलन गर्ने

महानगरले शुक्रबारदेखि नै स्वाब संकलनको काम पनि शुरु गर्ने भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा नारायणी अस्पतालमा मात्रै स्वाब संकलन भइरहको थियो । महानगरपालिकाले बिहान ७ बजेदेखि १० बजेसम्म दमकल कार्यालयमा स्वाब नमूना संकलन गर्ने भएको छ भने बढी संक्रमित भेटिएको वडामा दिउँसो २ बजेदेखि घुम्ती टोलीले स्वाब संकलन गर्नेछ ।

यसअघि महानगरपालिकाले एम्वुलेन्स, शव वाहन सेवा, होम आइसोलेसनमा रहेका कोभिड संक्रमितलाई निःशुल्क औषधि वितरण सेवा शुरु गरिसकेको छ । लायन्स क्लबसँगको साझेदारीमा कोभिड संक्रमितका लागि निःशुल्क अक्सिजन सेवा समेत दिँदै आएको छ । अस्पताल सञ्चालन पछि भने निःशुल्क अक्सिजन सेवा बन्द गर्नुपर्ने अवस्था आउने नगर प्रमुख सरावगीले बताए । ‘अस्पताल सञ्चालन गर्न नसक्दा घर–घरमा अक्सिजन पुर्‍याइरहेका थियौं,’ उनले भने, ‘अस्पताल सञ्चालन पछि यता पनि अक्सिजन चाहिन्छ, बिस्तारै निःशुल्क अक्सिजन सेवा बन्द गर्छौं ।’

वीरगञ्जमा अहिले पनि कोभिड संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । कडा लक्षण देखिएका अधिकांश संक्रमितलाई अक्सिजन दिनुपरिरहेको छ ।

गत वर्ष कोभिड–१९ को संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगरले गण्डक अस्पताललाई भाडामा लिएर अस्थायी कोभिड अस्पताल सन्चालन गरेको थियो । गण्डक कोभिड अस्पतालमा ४ सय ४ जना र सिद्धार्थ स्कुल सेमी आइसोलेसन सेन्टरमा १ सय २३ जना संक्रमितकोे उपचार गरिएको थियो ।

Post navigation

भाइरसलाई भिसा चाहिँदैन
संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणबाट निधन

सम्बन्धित लेख

याैन स्वास्थ्य र हृदयाघात

१२ आश्विन २०८०, शुक्रबार ११:५८ No Comments

खुला रक्तदान कार्यक्रममा १०४ जनाले गरे रक्तदान

३१ भाद्र २०८०, आईतवार ११:११ No Comments

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द

२९ भाद्र २०८०, शुक्रबार १२:२७ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution