भक्तपुर : १८ बैशाख ।
वरिष्ठ कवि तथा भाषाशिराेमणि रमापति राज राजाेपाध्यायकाे ९२ वर्षको उमेरमा शुक्रवार देहावसान हुनुभयाे । भक्तपुर खौमा निवासी राजाेपाध्यायका झिगु म्ये नेपालभाषाका कविता संग्रह लगायत ८ वटा भाषासम्वन्धी कृतिहरु प्रकाशनमा छन् । उहाँ २०१०मा नेपाल साहित्य मन्दिर भक्तपुरका संस्थापक उपाध्यक्ष हुनुहुन्थ्याे ।
उहाँले केही विदेशीलाई नेपाल भाषाकाे प्रशिक्षण पनि दिनुभै भाषा विकासमा याेगदान दिनुभएकाे कुरा वरिष्ठ लेखक तिलक प्रकाश कायष्ठ जानकारी दिनुहुन्छ ।स्वर्गीय रमापति राज राजाेपाध्याय नेपालभाषा शिराेमणि, भाषाजुवा आदि विशेषणले सम्मानित हुनुहुन्थ्यो ।