
काडमाडौं : सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँट गरेको हो । यसमा २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । यसर्थ, ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाएका छन् । आइपीओमा आवेदन दिएका कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । ४ हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।