काठमाडौं / यही मिती २०७८ बैशाख २९ गते क. हिरामणी बिश्वकर्माको दुखद निधनबाट नेपाली कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति हुन पुगेको छ । २००९ सालमा स्याङ्जाको वालिङमा जन्मनु भएका बिस्वकर्मा ६९ बर्षको हुनुहुन्थ्यो ।
उहाँ शुरुदेखी कमरेड पुस्पलाल द्वारा संस्थापित नेपाल कम्युनिस्ट पार्टीमा रहनु भयो र कमरेड पुस्पलालकै लाईन र पङ्तिमा मृत्युबरण गर्नुभयो । पार्टिमा बिसृङ्खलता र बिचलन भएपनी उहाँ बिचलित हुनु भएन । माले,एमाले, मशाल र माओबादी भनिने कथित कम्युनिस्ट हरुबाट प्रताडन खेपेर पनि उहाँले आफुलाई पुस्पलालद्वारा निर्दिस्ट कार्यक्रम र पद्धतिमा दृढ राख्नु भयो । उहाँ तत्कालिन नेपाल कम्युनिस्ट पार्टीबाट जिल्ला कमिटी सदस्य रहनु भएको थियो र दुइ पटक सम्म सो पार्टीको चुनाब चिन्ह कोदालो बाट संसद सदस्यमा चुनाब लड्नु भएको थियो । पछी उहाँ वालिङ नगरपालिकामा पार्टीका तर्फबाट नगर समिती सदस्य रहनु भयो ।
भुमिगत कालमा पार्टीका उच्च तहका नेताहरुको खानपिन र बसाइ उहाँकैमा हुने गर्थ्यो । पार्टी र पार्टीका साथीहरु प्रती हुरुक्क हुने हिरामणी निश्चयनै मार्क्सका ठूला- ठूला ठेलीका अध्यता हुनुहुन्थिएन तर पार्टीको उधेस्य र क्रान्ती प्रतिको समर्पण र दृढता अतुलनिय थियो । गरिबी र दुर्ब्यबहारको बाबजुद पनि, अडिगता बारालिदै गरेका तत्कालिन कथित उच्च नेताहरुको भन्दा उहाँको समर्पण धेरै स्तुत्य छ । अलबिदा क. हिरामणी !