१४ आश्विन २०८०, आईतवार
: :
Preeti To Unicode
Date Converter
  • चुनाब २०७९
Top Ten Khabar

सूचनाकाे खबरदारी

  • समाचार
  • अर्थ
    • अर्थ समाचार
    • कर्पोरेट
    • बीमा
    • बैंक वित्त
    • शेयर
  • राजनीति
  • प्रदेश
  • चुनाब २०७९
  • खेल
  • उत्प्रेरक
  • विश्व
  • शिक्षा
  • साहित्य
  • स्वास्थ्य
  • विचार
  • विविध
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • बिज्ञान/प्रविधी
    • मनोरन्जन
    • लोकसेवा
  • Home
  • वीरगञ्जमा कोरोना संक्रमणबाट २४ घण्टामा १३ जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट २४ घण्टामा १३ जनाको मृत्यु

२ जेष्ठ २०७८, आईतवार ०९:५८ No Comments

वीरगञ्जमा कोरोना संक्रमणबाट २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–२५ सिसहनिया बस्ने ३८ वर्षीया महिला छिन् । वैशाख २५ गते श्वासप्रश्वासमा समस्या देखिएपछि नारायणी अस्पतालमा भर्ना भई पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको थियो । आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान ४ः१० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाराको सुवर्ण गाउँपालिका–२ कबहीदरबार बस्ने ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३० गते बिरामी भई नारायणी अस्पताल भर्ना भई सोही दिन गरिएको एन्टीजीन परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा आइतबार बिहान २ः१५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणबाट बाराको निजगढ नगरपालिका–७ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उनको शनिबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बेलुका ६ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा रौतहटको बंकुलका ३५ वर्षीया महिलाको मृत्यु भएको छ । शनिबार बिहान पौने १२ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख ३० गते अस्पतालमा भर्ना भएकी उनको सोही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । नारायणी अस्पतालमै वीरगञ्ज–१५ भिश्वा बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २६ गते एन्टिजीन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा शनिबार अपराह्न ४ बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमै पर्साको जगरनाथपुर गाउँपालिका–६ सण्ठीका का ८६ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा भोलिपल्ट गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको शनिबार बिहान २ बजे मृत्यु भएको थियो ।

वीरगञ्जको नारायणी अस्पतालमा बारागढी नगरपालिका–२ बस्ने ४२ वर्षीय पुरुषको शनिबार बिहान ११ः०५ बजे मृत्यु भएको छ । वैशाख २९ गते विरामी भई उपचारका लागि नारायणी अस्पतालमा लगिएको थियो । सोहीदिन एन्टीजीन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाराको प्रसौनी गाउँपालिका–५ बेलहिया प्रष्टोका बस्ने २५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या देखिएपछि वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । वैशाख २९ गते पीसीआर परीक्षणका लागि स्वाब नमुना पठाइएको थियो । भोलिपल्ट पोजेटिभ रिपोर्ट आएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार चलिरहेको थियो । उपचारको क्रममा शनिबार बिहान ६ः१० बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिका–४ बस्ने ६५ वर्षीय पुरुषलाई पनि बैशाख १५ गते श्वासप्रश्वासमा समस्या देखियो । उपचारका लागि नेशनल मेडिकल कलेजमा लगियो । दुई दिनपछि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालको वार्डमा उपचारको क्रममा आईतबार बिहान साढे १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको जीतपुरसिमरा स्थित डाबर नेपाल कम्पनीमा कार्यरत ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । ज्वरो तथा श्वाोसप्रश्वासमा समस्य आई बैशाख १९ गते उनलाई वीरगञ्ज हेल्थ केयर हस्पीटलमा  भर्ना गरिएको थियो । बैशाख २३ गते पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब नमुनाको रिपोर्ट दुई दिन पछि आउँदा पोजेटिभ आएको थियो । उपचार कै क्रममा शनिबार दिउँसो पौने ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

वीरगञ्ज हेल्थ केयरमै पर्साको कालिकामाई गाउँपालिका–२ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । शनिबार बिहान ८ बजे उपचार कै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका– १ बस्ने ५६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख २७ गते श्वासप्रश्वास तथा ज्वरोको समस्या र पीसीआर पोजेटिभ रिपोर्ट सहित स्पर्स मल्टी स्पेस्यालिष्ट हस्पिटलमा भर्ना भएका थिए । आइसोलेसन वार्डमा उपचारको क्रममा शनिबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Post navigation

क. हिरामणी बिश्वकर्मा रहेनन्
एसइइ र कक्षा १२ काे परीक्षाकाे विकल्पबारेअध्ययनमा

सम्बन्धित लेख

याैन स्वास्थ्य र हृदयाघात

१२ आश्विन २०८०, शुक्रबार ११:५८ No Comments

खुला रक्तदान कार्यक्रममा १०४ जनाले गरे रक्तदान

३१ भाद्र २०८०, आईतवार ११:११ No Comments

चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द

२९ भाद्र २०८०, शुक्रबार १२:२७ No Comments

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Topten Khabar Pvt. Ltd. Babarmahal-11, Kathmandu, Nepal

Regd.No.:198928/075/076

Department of Information

Regd. No.: 1485/076/77

Press Council Regd. No.: 167/076/77

Email: toptenkhabar@gmail.com

  • सञ्चालक / सम्पादक : नन्दलाल खरेल
  • संरक्षक : रमेश घिमिरे

निर्देशक -राजकुमार थापा

बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य

मार्केटिङ म्यानेजर तथा रिपोर्टर : दिनेश लामिछाने

बजार व्यवस्थापक : टेकेन्द्र थापा

आइटी : मनिष खरेल

Toptenkhabar
Copyright 2021. All rights reserved | Designed By :- Tara Digital Solution