‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि विप्लव नेतृत्वले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
यसअघि दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरुले सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह गरेका थिए । तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँगै चुनावी तालमेल गरेर जान निर्देशन दिएका छन् ।





