बुधबार सुनको मूल्यवृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार तोलाकाे १ लाख ९ सय रुपैयाँ कारोबार भएको सुन आज बढेर १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई १ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार भने १ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको छ ।





