काठमाडौं, फागुन २ गते । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा दुई हजार ३१९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख १६ हजार ११८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल २० हजार ७३९ जना सक्रिय सङ्क्रमित छन् ।





