काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गरेका हुन् ।
कानुन मन्त्री बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेसँगै संसद बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् । बैठक ५ मिनेट बसेर स्थगित भएको हो ।





