पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन्।
गत चौबीस घन्टामा ६ हजार ८०१ पीसीआर तथा २ हजार ५२७ एन्टिजेन परीक्षण भएको छ।
बिहीबार ४२९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन्।





