निर्वाचन आयोगले सोमवारसम्म ६३ जिल्लाका लागि मतपत्रको छपाइ सकिएको जानकारी दिएको छ ।
नियमित पत्रकार सम्मेलनमा आयोगले एक करोड ५४ लाख ८३ हजार अर्थात् ८० प्रतिशत मतपत्र छापिसकिएको जनाएको हो ।
बाँकी जिल्लाको मतपत्र छाप्ने काम जारी रहेको आयोगले जनाएको छ । भोलि मंगलवारबाट मतपत्रको ढुवानी शुरू हुनेछ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि झण्डै एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।
साथै सबै जिल्लामा निर्वाचन सामग्री पनि पठाइएको आयोगले जनाएको छ ।





