चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ ।
चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार खोपलगायत द्विपक्षीय सुरक्षा र सहयोगबारे टेलिफोनमा कुराकानी भएको थियो । त्यस क्रममा राष्ट्रपति सीले थप १० लाख डोड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए ।





