प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको गृहकार्यलाई पुनः तिव्रता दिने भएका छन् । आफूसँग थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी भएको छ ।
आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेका छन् । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्री रहेका छन् । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।





