काठमाडौै: माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी)को नाम फेरिने भएको छ।
निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाब दिएपछि फरक नाम प्रस्ताव गरिएको हो।
आयोगको सुझाबपछि नाम परिवर्तन गरेर नेकपा एकीकृत (समाजवादी) राखिएको छ।
नेपाल पक्षले पार्टीको चिह्न प्रस्ताव गरेको खुला किताबका सम्बन्धमा समेत विवाद देखिएको छ।
आयोगमा दर्ता भइसकेको पार्टीले चिह्न लिइसकेकाले चिह्नका सम्बन्धमा समेत अन्याेल देखिएको हो।
नेपाल पक्षले नयाँ चिह्नका सम्बन्धमा भने निर्णय लिइसकेको छैन।





