शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेज तनावग्रस्त बनेको छ। एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका छन् ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोवेलको मुल गेटमा केहीबेर अघि तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्। नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन्। विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन्।





