काठमाडौं: विमल घर्ती मगरले दुई गोल गर्नुका साथै एक असिस्ट गरेपछि लिग लिडर मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गरेको छ ।
यो जितले साविक विजेता मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ४ अंकको स्पष्ट अग्रता समेत बनाएको छ र उपाधि होडलाई अझ बलियो बनाएको छ ।
मछिन्द्रको ९ खेलबाट २३ अंक भएको छ । समान खेलबाट मनाङको १९ अंक छ ।
पाँचौ हार बेहोरेको ब्रिगेड भने रेलिगेसन जोनबाट १ अंक मात्र सुरक्षित छ र ६ अंकका साथ १२औं स्थानमा छ ।





