काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ पुगेको छ।
यस्तै बिहीबार ५ हजार २ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १५ हजार ७३६ पीसीआर तथा ६ हजार ७२ एन्टिजेन परीक्षण भएको छ।





