नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ४९१ जना गरी मा कोरोना भाइरस (कोभिड-१९) ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।





