गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटवार्ता गरेका छन्। गृहमन्त्री खाँण ओली निवास भक्तपुरकाे बालकोट पुगेर ओलीसँग भेटवार्ता गरेका हुन्।
आज बिहान गृहमन्त्री खाणले अध्यक्ष ओलीसँग झण्डै एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ। एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ।
यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पनि ओली भेट्न बालकाेट पुगेका थिए। उक्त भेटमा ओलीले देउवालाई दुई दलबीच के कसरी सहकार्य गर्ने हाे साेसम्बन्धी खाका ल्याउन भनेका थिए। साे बारे देउवाले आफ्नाे काेर टीममा छलफलसमेत गरेका थिए।





