नेकपा एमालेले आजदेखि स्थानीय तह निर्वाचनको तयारीका लागि १७ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। प्रदेश १ मा आजदेखि सुरु भएको प्रशिक्षण फागुन १७ मा सुदूरपश्चिम प्रदेशको प्रशिक्षणसँगै समापन हुनेछ। प्रशिक्षणका लागि ६ वटा प्रदेशमा पार्टीका उपाध्यक्षले नेतृत्व गर्नेछन्। लुम्बिनी प्रदेशमा महासचिव शंकर पोखरेलले नेतृत्व गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जनाकारी दिए।
अध्यक्ष केपी शर्मा ओलीले गत यो कार्यक्रमको भर्चुअल उद्घाटन गरेका थिए। प्रशिक्षण कार्यक्रममा नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट पारित गरेको कार्यदिशा, एमालेले संघीय र प्रदेश सरकार हुँदा गरेका विकास निर्माण, सामजिक सेवा, कुटनीतिक कामका बारेमा जानकारी गराइने छ।
ज्ञवालीका अनुसार प्रदेश १ मा उपाध्यक्ष विष्णु पौडेल, मधेस प्रदेशमामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा युवराज ज्ञवाली लुम्बिनीमा महासचिव शंकर पोखरेल, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रशिक्षणको नेतृत्व गर्नेछन्। हरेक प्रदेशमा ६ जना प्रशिक्षक खटाइएको छ।





