एमालेको केन्द्रीय सचिवालय बैठक आज साँझ बस्ने भएको छ । राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने भएको हो ।
एमाले नेता विष्णु रिजालका अनुसार केन्द्रीय सचिवालयको बैठक आज साँझ बालकोटमा र संसदीय दलको बैठक भोलि बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।





