नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
अध्यक्ष प्रचण्डले निवास खुमलटारमा सोमबार एक कार्यक्रमका बीच अविर र खादा लगाई पार्टीमा स्वागत गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेकपा एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वर प्रसाद साह कानू सहितका नेता तथा कार्यकर्ता छन् ।





