चीन पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा उभिएको छ। युक्रेनलाई लिएर बढेको तनावका बीच चीनले रुसको साथ दिँदै आएको छ। पश्चिमा शक्तिको सामना गर्नका लागि रुस र चीन थप नजिकिएका हुन्।
गृष्मकालीन ओलम्पिकका लागि चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो। चीन र रुसले संयुक्त वक्तव्य जारी गरी आफूहरुबीच वैचारिक एकताको सन्देश दिएका हुन्।
रुसले नेटो सैन्य गठबन्धन आफूलाई दबाउनका लागि पश्चिमा राष्ट्रले प्रयोग गरेको आरोप लगाउँदै आएको छ।
रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेपछि अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई रुसी आक्रमणको तयारी भनेका छन्। तर रुसले भने युक्रेनमाथि आक्रमणको कुनै तयारी नरहेको दाबी गर्दै आएको छ।





