काठमाडौं, माघ १५ गते। सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैठकमा स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिने तथा संविधानसङ्ग बाझिएका निर्वाचन कानुन र ऎनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय गरेको फेसबुक पेज मार्फत जानकारी गरेका छन्। देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य अनुरुप आबधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेकाे् पनि प्रचण्डले फेसबुक पेजमा उल्लेख गरेका छन् ।





