७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा आएर महाधिवेशन गर्न चुनौती दिएका छन् ।
प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएपछि ओलीले चुनौती दिएका हुन् ।
मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताएका थिए ।





