नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ।
आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्।
बालुवाटार स्रोतका अनुसार देउवा-ओली भेटमा संसदको गतिरोध खुलाउने विषय, स्थानीय तह निर्वाचन मिति र एमसिसीबारे छलफल हुने छ।
बालुवाटार स्रोतका अनुसार छलफलमा देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाएका छन्।
सरकारले स्थानीय तह चुनाव जेठ ४ मा गर्ने तयारी गरेको छ। सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ।





