नारायणी अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बाराको महागढीमाई नगरपालिका-६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। ती पुरुषलाई बिहीबार दिउँसो वीरगञ्जको तराई अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
बाराको महागढीमाई नगरपालिका-६ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
अवस्था बिग्रिँदै गएपछि बिहीबार साँझ साढे ८ बजे नारायणी अस्पतालमा ल्याइएका उनको बिहीबार राति ११ बजेर ४५ मिनेटमा निधन भएको डा सिंहले जानकारी दिए। ती पुरूषले कोरोनाविरूद्धको कुनै खोप नलगाइएको बताइएको छ।





