नेकपा एमाले रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन्। नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठाैं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित भएका नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ।
जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए।





