काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । यस्तै पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।
पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको समाचार छ । यधपी नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन्।
तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको बताइएको बताइएको ।
चुनाव चिह्न कुनै पनि रुपको सूर्य हुन सक्ने तर सूर्य नछाड्ने जानकारी एक नेताले दिएका छन् ।
राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् ।





