नेपालमा सन् २०२१ मा पनि भ्रस्टाचारको अवस्था अघिल्लो वर्षकै रहेको पाइएको छ । ट्रान्परेन्सी इन्टरनेशनलले केही बेर पहिले सार्वजनिक गरेको भ्रष्टचारसम्बन्धी विश्व प्रतिबेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ ।
यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अंक ३३ (११७ औं स्थान) नै थियो । प्रतिवेदनमा भनिएको छ, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ ।





