प्रा.शत्रुघन श्रेष्ठ
एटिएमलाई आम रुपमा नगद मात्रै निकाल्न मिल्ने मेशिनको रुपमा चिनिन्छ । यद्यपि, समयसँगै, प्रविधिको नयाँ नयाँ आविष्कारले गर्दा सुन्दा खेरी नै आश्चर्यजनक लाग्ने प्रविधिमा आधारित अन्न एटिएमको नाम “अन्नपूर्ति” राखिएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेशिनबाट पानी सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेशिन प्रयोगमा आइसकेका छन् । जस्तैः ललितपुर महानगरपालिकाले रु. १ मा नै एक गिलास पानी निकालेर तिर्खा मेट्न पाइने सुविधा सबै नेपाली नागरिकहरुलाई प्रदान दिंदै आइरहेको छ । यसका लागि सर्वप्रथम रु. १ को coin सिक्का मेशिनभित्र खसालेर पानी प्राप्त गर्ने र पिउने सुविधा हुन्छ । तर हाम्रो छिमेकी मूलुक भारतमा भने अन्न वितरण गर्ने एटिएम (ATMb) मेशनि प्रयोगमा ल्याएका April ४ देखि २०२३ मा थियो ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम UN World Food Programme (WAFP) को सहयोगमा भारतको ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा २४सैं चौबिसे घण्टा अन्न निकाल्न मिल्ने एटिएम मेशिन प्रयोगमा ल्याएको छ । भारतमै पहिलो अन्न निकाल्ने मेशिन प्रयोगमा ल्याएको दक्षिण एशिया मूलुकमै पहिलो हो ।
यसबाट उपभोक्ताले आफूलाई आवश्यक परेको बेला जुनसुकै समयमा अन्न किन्न सक्दछन् । बजार पसल बन्द हुन्छ की भन्ने चिन्ता पनि गर्नु पर्दैन ।
ओडिसत सामान खाद्य आपूर्ति, उपभोक्ता कल्याण, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण चन्द्र पात्राले अन्न ATM को उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले भने “यो मेशिन प्रदेशमा पोषण कक्षा हासिल गर्नका लागि संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमसँग साझेदारीमा गरिएका एक महत्वपूणर् पहल हो । यस्ता ATM मेशिन प्रदेशभर स्थापना गरिनेछ ।
सुलभ र सजिलो ः-
भारत विशाल, खाद्य आधारित सुरक्षा नेटवर्क भएको देश हो । जस अन्तर्गत विभिन्न स्थानमा ५ लाख भन्दा बढि सुपथ मुल्य पसलहरु छन् । यो नेटवर्क मार्फत हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानवाला अन्न वितरण गरिन्छ । हालसम्म पसल सञ्चालकहरुले अन्नलाई जोखेर ग्राहकहरुलाई दिन्छन् । यो प्रकृयामा अनेक झमेला हुन्छ । किन्नेहरुले लामो समय लाइनमा बस्नुपर्दछ । अनाज पोखिने जोखिम र कतिपय अवस्थामा भनिएको तौल जति पनि नपाइने समस्या पनि हुन्छ । यस्तो अवस्थामा अन्न पूर्ति ATM मेशिनबाट सर्वसाधारणले सहजै सुलभ पहुँच पाएका छन् ।
सार्वजनिक वितिय प्रणालीको राशन कार्ड प्राप्त देशभरका कुनै पनि व्यक्तिले यो सुविधा लिन सक्ने ओडिसा सरकाले जनाएको छ । अन्न पानी ATM ले ५ मिनेट भित्र ५० किलो सम्म अन्न वितरण गर्न सक्छ । छिटो हुने भएकोले उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नु पर्दैन । एक पटक बायोमेट्रीक प्रमाणिकरणको प्रकृया पुरा गरेपछि लगातार सबै प्रकारका राशन प्राप्त गर्न सकिन्छ । अधिकारीहरुका अनुसार यसमा मोडल, डिजाईन सजिलैसँग जुनसुकै स्थानमा फि गर्न सकिन्छ । यो सौर्य उर्जाबाट पनि चलाउन मिल्छ ।
भारतमै विकसित प्रविधिः-
भारतमा WAFP को उपनिर्देशनक नोजामी हासिमोतोले भनेका छन् ः- ओडीसाले समय अनुकुल सफलताको कथा प्रस्तुत गरिरहको छ । भारतमै विकसित यो अन्नपूर्ति मेशिन अन्य धेरै प्रदेशहरुमा पनि चलाईने छ । १ वर्षको परीक्षणको आधारमा यसलाई अझै सुविधाजनक बनाउने प्रयास पनि जारी छन् ।
ATM द्वारा विकसित अन्नपूर्ति मेशिनको पछाडी प्रविधि, खाद्य सुरक्षामा सुधार र सर्वसाधारणलाई सजिलो तरीकाले राशन उपलब्ध गराउने दिशामा महत्वपूर्ण मानिएको छ ।





