जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो।
सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको
अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए। उनीहरूको साथबाट करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६०० रूपैयाँ नगद बरामद गरेको अधिकारीले जानकारी दिए।
ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभाको धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।





