राप्रपाका पूर्व-अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन्। हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् ।
पटक-पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताए । उनले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ थापाले पार्टी भित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए।
राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दु:ख व्यक्त गरे।






