राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसइईको तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।
आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ ।
बोर्डका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइई दिने छन्। प्रश्नपत्र नयाँ छाप्ने वा पुरानो प्रयोग गर्ने बोर्डले केही खुलाउन चाहेको छैन।
कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइईको नतिजा आन्तरिक मूल्यांकनका आधारमा प्रकाशित
भएका थिए।





